+
+
Shares

ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १२:२१

१८ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय निरोज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?