+

राखेप सदस्य सचिवसँग ओलम्पिक तदर्थ समितिको भेट

२०८२ भदौ  १० गते २३:४० २०८२ भदौ १० गते २३:४०
राखेप सदस्य सचिवसँग ओलम्पिक तदर्थ समितिको भेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राखेप सदस्य सचिव टंकलाल घिसिङसँग १० भदौ, त्रिपुरेश्वरस्थित कार्यालयमा भेट गरेको छ।
  • तदर्थ समितिले २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागीता, तालिम र सुविधा विषयमा राखेप सदस्य सचिवसँग गहन छलफल गरेको छ।
  • राखेप सदस्य सचिवले समितिलाई परिषदको पूर्ण सहयोग रहने धारणा व्यक्त गर्नुभएको छ र समितिले युवा तथा खेलकुद मन्त्रीसँग पनि भेट गरेको थियो।

१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग मंगलबार भेट गरेको छ ।

ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएपछि यो समितिले बफ्नो सक्रिएता बढाउँदै लगेको छ । ओलम्पिक कमिटीकै पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानको संयोजक्तमा गठन भएको तदर्थ समितिको टोलीले मंगलबार राखेप सदस्य सचिव घिसिङसँग त्रिपुरेश्वरस्थित उनकै कार्यालयमा पुगेर भेट गरेको हो ।

तदर्थ समितिका प्रवक्ता तथा सदस्य समिम मियाँ अन्सारीले प्रेस विज्ञप्ती जारी गर्दै राखेप सदस्य सचिवसँग भेटघाट भएको र समसामयिक विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

सदस्य सचिवसँगको भेटघाट उपलब्धि मुलक भएको र परिषदको सदस्य सचिवले समितिलाई परिषदको पूर्ण सहयोग रहने धारणा व्यक्त गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि तदर्थ समितिले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेट गर्दै पछिल्लो गतिविधिबारे जानकारी गराएको थियो । सो भेटमा राखेप ससद्य सचिव घिसिङ पनि उपस्थित थिए ।

ओलम्पिक तदर्थ समिति र राखेप ससद्य सचिवबीचको भेटलाई खेलकुद वृत्तमा महत्वका साथ हेरिएको छ ।

तदर्थ समितिले अर्को वर्ष जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागीता, खेलाडीको तालिम र सुविधा तथा वैदेशिक प्रशिक्षणबारेमा सदस्य सचिवसँग गहन छलफल भएको र समितिको भावी कार्ययोजना बारे जानकारी गराएको जनाएको छ ।

भेटमा तदर्थ समितिका संयोजक प्रधान सहित प्रवक्ता अन्सारी, राजीवबिक्रम शाह लगायतका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

ओलम्पिक कमिटी तदर्थ समिति

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय