+
+
Shares

दोलखामा मोटरसाइकल दुर्घटना, स्ववियु सभापतिसहित २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ७:५१

११ भदौ, काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । श्याम भने जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा कार्यरत थिए ।

प्रहरीका अनुसार बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल चढेर काठमाडौंबाट चरिकोटतर्फ जाँदै गर्दा उनीहरु बा.प्र.०२–०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग  ठोक्किएका थिए । मोटरसाइकल गएराति ९ बजेदेखि १० बजेको बिचमा ठोक्किएको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा पठाइएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?