+
+
Shares

दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ११:१६

४ साउन, काभ्रेपलाञ्चोक । पहिरोले दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।

सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने उनले बताए ।

गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।

गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।

सडकको भागमा माटोको लेदो र ढुङ्गा जमेर असर पुगेको छ । साथै सडकको ढलान मुनि समेत भत्किएको छ । त्यसैले चारपांग्रे सवारी साधन हाल चल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बाढीले पु-याएको क्षति

साउन ३ गते राति आएको अविरल वर्षाको कारण कालिञ्चोक खोलामा आएको बाढीले बिगु गाउँपालिका-८ र कालिञ्चोक-२ त्याम्पेथालीमा स्यारवाडाङबाट कारवाडाङ जाने पुल बगाएको छ । कालिञ्चोक खोलामा आएको बाढीले कालिञ्चोक-२ भ्यागाटर र विगु-८ थुमुटारतर्फ गरी ३०/३५ जनाको खेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिए ।

कालिञ्चोक खोलामा आएको बाढीले ह्यूमपाइप बगाइ बाटो अबरोध भएको छ  । भने बिगु गाउँपालिका-८ भ्यागुतेटारका ३६ वर्षीय मदन थामीले माछा पोखरी भत्काइदिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?