+
+
Shares

दोलखा ओराङका १३ घरपरिवार पहिरोको उच्च जोखिममा

जोखिममा रहेका स्थानमा प्रहरी पुगेर प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन ३० गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको विगु गाउँपालिका-२ ओराङमा १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्।
  • २८ साउनदेखि परेको अविरल वर्षाका कारण जमिन भासिन पुग्दा १९ जनाको परिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको छ।
  • प्रहरीले जोखिममा रहेका घरपरिवारलाई आफन्तको सुरक्षित घरमा बस्न सुझाव दिएको छ।

३० साउन, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिका-२ ओराङका १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

गत २८ साउनदेखि परेको अविरल वर्षाका कारण जमिन भासिन पुग्दा १३ घरपरिवार जोखिममा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

जोखिममा रहेका स्थानमा प्रहरी पुगेर प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार ओराङकी सुनमाया तामाङको घरको आँगनको डिलबाट जमिन भासिएर पहिरो गएको छ । ५ जनाको परिवार रहेको उनको घरमा बस्न नहुने अवस्था रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै  डिले तामाङ, भीमकुमार तामाङ, सुक्री तामाङ, भीमबहादुर तामाङको घरको आँगनदेखि नै जमिन भासिएको छ  ।

त्यस्तै कुमार तामाङ, भीमबहादुर तामाङ, तेन्जी तामाङ, टेके तामाङको घरमाथिबाट पहिरो आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

त्यस्तै ओराङकै कुमार तामाङ, एमकहादुर तामाङको घरमाथि र मुनी दुवैस्थानमा आएका पहिरोले घर जोखिममा परेको छ ।

स्थानीय मोतिलाल तामाङ र ओम तामाङको घरछेउबाट पहिरो गए पनि घरमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी तिमल्सिनाले जोखिममा रहेकाहरूलाई आफन्तको सुरक्षित घरमा रहन सुझाव दिएको जानकारी दिए ।

उनका अनुसार जोमिमा परेका मध्ये सुनमाया, डिले, भीमकुमार र सुक्तिको घरमा बस्न जोखिम छ ।

उनीहरू ४ जनाको १९ जनाको परिवारलाई सुरक्षित घरमा बस्न भनिएको छ । बाँकी ९ परिवारको ४३ जनालाई सचेत रहँदै आफ्नै घरमा राखिएको प्रहरीको भनाइ छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?