+

सावित्रा भण्डारी तनहुँमा सम्मानित

२०८२ भदौ  ११ गते ७:५९ २०८२ भदौ ११ गते ७:५९
Shares
सावित्रा भण्डारी तनहुँमा सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा नगद रु ५० हजारसहित सम्मान गरिएको छ।
  • शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समितिले तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई सम्मान गरेको हो।
  • कप्तान भण्डारीले कडा परिश्रमले सफलता प्राप्त हुने बताइन् र आफूले गरेको मेहनतका कारण यो ठाउँमा पुगेको स्मरण गराइन्।

११ भदौ, तनहुँ । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गरे । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिए ।

कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताइन् । गाउँमा मोजाको बल खेल्दै काठमाडौं पुगेको विगत स्मरण गर्दै भण्डारीले भनिन्, ‘म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थें, पिटाइ खान्थें । मैले तत्कालीन समयमा गरेको मेहेनतका कारण आज यो ठाउँमा छु।’

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताए । गुरुङले खेलकुदको माध्यमबाट भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको बताए ।

सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय