
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसार नभई आफैंले न्यायाधीश छनौट गर्ने अधिकार प्रयोग गरेको बताए।
- संवैधानिक इजलासमा न्यायाधीश तोक्ने परम्परा वरिष्ठताको आधारमा हुँदै आएको थियो।
- वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको निर्णयको विपक्षमा उभिएका थिए।
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् । प्रधान्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।
संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले रोष्टरमा भएकामध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।
यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए ।
राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4