+
+
Shares

दक्षिण कोरियाका कक्षा कोठामा फोन र इलेक्ट्रोनिक उपकरणमा प्रतिबन्ध

यससँगै दक्षिण कोरिया पनि युवाहरूमा फोनको लत र अध्ययनमा त्यसको प्रभावलाई दृष्टिगत गर्दै यस्तो प्रतिबन्ध लगाउने देशहरूको सूचीमा सामेल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:३९

११ भदौ, काठमाडौं । दक्षिण कोरियाको संसदले विद्यालयमा कक्षाको समयमा मोबाइल फोन र अन्य स्मार्ट उपकरणको प्रयोग पूर्ण रूपमा निषेध गर्नेगरी नयाँ विधेयक पास गरेको छ ।

यससँगै दक्षिण कोरिया पनि युवाहरूमा फोनको लत र अध्ययनमा त्यसको प्रभावलाई दृष्टिगत गर्दै यस्तो प्रतिबन्ध लगाउने देशहरूको सूचीमा सामेल भएको छ ।

बीबीसीका अनुसार, दक्षिण कोरियाका अधिकांश विद्यालयहरूले यसअघि यो नियम आफ्नो सापेक्षतामा लागू गरिसकेका छन् ।

यो प्रतिबन्ध दक्षिण कोरियाको नयाँ शैक्षिक सत्र २०२६ मार्चदेखि लागु हुनेछ।

फिनल्याण्ड, फ्रान्स लगायतका केही देशहरू सीमित स्तरमा मात्र प्रतिबन्ध लगाएका छन्, जसअन्तर्गत यो नियम साना कक्षाका विद्यालयहरूमा मात्र लागु हुन्छ।

त्यस्तै, इटली, नेदरल्यान्ड्स र चीनजस्ता देशहरूले सबै विद्यालयमा फोन प्रयोगमा रोक लगाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?