
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिहरूलाई बालुवाटारमा प्रशिक्षण दिएका छन्।
- ओलीले एमालेभित्र आफूलाई धक्का दिन सक्ने नेता विद्या भण्डारी मात्रै भएको र उनको सदस्यता नवीकरण नहुने बताएका छन्।
- प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद कसैको पारिवारिक सम्पत्ति नभएको र मदन भण्डारीका विचार पवित्र भएको उल्लेख गरेका छन्।
११ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिहरूलाई बुधबार साँझ प्रशिक्षण दिएका छन् ।
ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बोलाएर विधान महाधिवेशनका प्रतिनिधिहरूलाई प्रशिक्षण दिएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले बताए । उनका अनुसार यो प्रशिक्षणको संयोजन रामेश्वर फुयाँलले गरेका थिए ।
प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रको अन्तरसंघर्ष, विधान महाधिवेशनको प्रक्रियादेखि राष्ट्रिय राजनीतिबारे समेत बताएका थिए । ‘प्रधानमन्त्रीले दिएको मन्तव्यलाई मैले फेसबुक पेजमै राखेको छु’, निरौलाले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्रीको निर्देशनात्मक मन्तव्यलाई निरौलाले ४८ बुँदामा राखेका छन् । जसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टीका अरु पदाधिकारीका बारेमा समेत गरिएको टिप्पणी समावेश छन् ।
निरौलाका अनुसार ओलीले एमालेभित्र आफूलाई धक्का दिन सक्ने दम भएको नेता विद्या भण्डारी नै भएको बताएका छन् । ‘विद्या बाहेक कसैको दम छैन, उहाँले छोडे सबै मिल्छ,’ निरौलाले लेखेका छन् । भण्डारीको सदस्यता नवीकरण नहुने पनि ओलीले बताएका छन् । विद्या भण्डारीसँग पार्टी चलाउन अनुभव नरहेको तर्क गरे । साथै ओलीले जनताको बहुदलीय जनवाद कसैको पारिवारिक सम्पत्ति नरहेको जिकिर समेत गरे ।
‘सेन्टिमेन्टमा गएर हुँदैन । मदन भण्डारीका विचार पवित्र हो, घर होइन,’ ओलीले भनेका छन्, ‘जबज परिवारको सम्पत्ति होइन । जबज फाउण्डेसनले बचाउने होइन ।’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत बाटो बिराएको ओलीले टिप्पणी गरे । ‘ईश्वर पोखरेल कहाँ पुग्नु हुन्छ, बाटो बिराएर हिँड्नु भएन’ ओलीले भनेका छन्, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ ।’
प्रतिक्रिया 4