
१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल र चीनबीचका भन्सार नाका व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडक पुनर्निर्माण, विगतमा भएका सहमति अनुसार सडक पूर्वाधार स्तरोन्नति, नेपाल–चीनबीचको व्यापारबारे छलफल भएको थियो ।
यसैगरी नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका विषयमा समेत छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4