
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव भेटिएको छ।
- धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
- उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ।
१२ भदौ, धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।
१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4