+
+
Shares

कृषिमन्त्रीलाई गगनले भने– उखु किसानलाई घर फर्कने वातावरण बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १८:०४

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत उखु किसानले प्राप्त गर्नुपर्ने रकम निकासा गरेर घर फिर्ता गर्ने वातावारण बनाउन आग्रह गरेका छन् ।

महामन्त्री थापाले आन्दोलित उखु किसानको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

महामन्त्री थापाले आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारकोे बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी गर्न ध्यानाकर्षण गराएका थिए ।

उखु किसानलाई प्रदान गर्ने रकमका लागि बजेटको अभाव भएको बाहिर आएपनि वास्तविकता त्यस्तो नभएको महामन्त्री थापाले उल्लेख गरेका छन् ।

‘चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको छ,’ महामन्त्री थापाले मन्त्रीसँग भएको छलफलबारे भने, ‘यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

मन्त्री अधिकारीसँग छलफलका क्रममा किसानहरूको हितको सन्दर्भमा विषय राखेको महामन्त्री थापाले जानकारी गराए । उखु किसानका लागि कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने सचेत बनाउँदै थापाले पटक–पटक सडकमा आउने अवस्था सिर्जना हुन नदिने अवस्थाको निर्माण गर्न मन्त्री अधिकारीसँग आग्रह गरे ।

न्युनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि सरोकारवालाहरूसँग बहु–आयामिक ढङ्गले काम गर्नुपर्ने महामन्त्री थापाले बताए ।

उखु किसानको विषय कृषि मन्त्रालयको निर्णयले मात्र टुंगिन नसक्ने बताउँदै थापा भन्छन्, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिनुहोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?