
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'धागो' कार्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ।
- 'धागो' फिल्म परिवार, सिमाना र अटुट सम्बन्धको कथा प्रस्तुत गर्नेछ।
- उदीप राणा थापाले निर्देशन गरेको 'धागो' उनको पहिलो निर्देशकीय फिचर हो।
काठमाडौं । सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘धागो’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने जनाइएको छ ।
शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माताले यसबारे जानकारी दिएका छन् । फिल्मले परिवार, सिमाना र अटुट सम्बन्धको कथा पेश गर्नेछ ।
फिल्मलाई उदीप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदीपसँग १८ वर्षसम्म बलिउडमा जी-फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसमा क्रिएटिभ हेड, निर्देशक र निर्माताको रुपमा काम गरेको अनुभव छ ।
’धागो’ भने उनको पहिलो निर्देशकीय फिचर हो । निर्देशक थापाले ’धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए ।
उनले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ । ‘धागो’ मेरो माटो र मेरो मान्छेको कथा हो । यसमार्फत मैले समाजका अनगिन्ती धागोलाई जोड्ने प्रयास गरेको छु ।’
फिल्ममा पन्तसँगै भारतको पश्चिम बंगालका प्रभात थापा र मिस दार्जिलिङ तथा ‘मिस नर्थ इस्ट भारत’ सौन्दर्य प्रतियोगिताकी विजेता सुरभी थापा शीर्ष भूमिकामा देखिनेछन् ।
यसबाहेक बुद्धि तामाङ, सुनिल थापा, रविन सान्संकर, दीप क्षेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्माको अभिनय छ ।
फिल्मलाई म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो । यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् ।
प्रतिक्रिया 4