+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेरो पहिलेजस्तो रापताप छैन, आन्दोलनमा जाऔं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १४ गते २०:०४

१४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो ।

‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने,’ उनले भनेका छन्, ‘नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरुले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन ।’

सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने कामले मात्रै दलितहरूले अधिकार नपाउने प्रचण्डको भनाइ थियो । साथै, आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार पनि उनले गरे ।

‘हामीलाई शक्ति चाहिन्छ । हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि । राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो,’ प्रचण्डले भने, ‘क्यान्टेनमेण्ट भएपनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त …..छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?