+
+
Shares
विचार :

जापानी आक्रमण र विश्व फासिस्ट विरुद्ध ८० वर्षअघिको युद्ध विजय

इतिहासलाई बिर्सनेले अवश्य पनि पहिलेकै गल्ती दोहोर्‍याउने छ; इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि।

छन सोङ छन सोङ
२०८२ भदौ १५ गते ८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति सी चिनफिङले जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमणलाई चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय भनेका छन्।
  • चिनियाँ कम्युनिष्ट पार्टीले जापानी आक्रमण विरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी प्रतिरोध युद्धलाई दिशानिर्देश गरेको थियो।
  • ब्रिटिश गोर्खाली सेनाले दोस्रो विश्वयुद्धमा बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गर्न महत्त्वपूर्ण योगदान दिएको छ।
  • नेपालका लागि चिनियाँ राजदूत छन सोङले यस आलेखमा भनेका छन्- हामी नेपाल लगायत विश्वका सम्पूर्ण देशहरूसँग संयुक्त रूपमा मानव जातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौं, विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौं।

राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ– इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरूलाई पुन: नदोहोर्‍याउनका निम्ति हो।

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहींदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय शुरु भएको थियो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण  गरी चीनको थाइवान र फङ ह द्वीपसमूह माथि कब्जा जमायो; १९०० मा अरू विदेशी आक्रमणकारीहरूसँगै पेइचिङ्गमा आक्रमण गरे; १९०४ मा जापान–रूस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भूभाग माथि अतिक्रमण गर्‍यो; १९१४ मा छिङ्ग ताओ शहरमा आक्रमण गरी कब्जा जमायो; १९१५ मा चीनको अधिकार हनन हुने ‘एक्काइस दाबी’ प्रस्तुत गर्‍यो; १९३१ मा चिनियाँ सेना र जापानी सेना बीच द्वन्द्व हुने ‘सेप्टेम्बेर १८’ घटना घटाएर चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरी कब्जा जमायो; १९३५ मा मध्य उत्तर चीन घटना र १९३७ जुलाई ७ मा यु यान फिङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुल माथि आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्‍यो।

त्यसवेला उनीहरूले पूरै चीनलाई उपनिवेश बनाई त्यसपछि सम्पूर्ण एशियालाई नियन्त्रणमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए। यी शृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरूले गर्दा चिनियाँ जनता माथि अभूतपूर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो।

देश र जाति जीवनमरणको दोसाँधमा पुगेको बेलामा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमण विरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधयुद्धलाई दिशानिर्देश गर्‍यो। सम्झौता, विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिंदै चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधारस्तम्भ बन्यो।

त्यसबेला सोभियत संघ, अमेरिका, कोरिया, भियतनाम, क्यानाडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अष्ट्रिया, रोमानिया, बुल्गेरिया आदि देशका फासिस्ट विरोधी योद्धाहरूले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रूपमा सम्मिलित भएर चीनलाई अति बहुमूल्य समर्थन र सहयोग दिएका थिए। त्यसबखत नेपाली वीरहरू पनि युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एशियाका युद्धस्थलहरूमा सहयोगी सेनाहरूसँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए।

केही दिनअघि मात्र मैले नेपालस्थित ब्रिटिश राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि जापान माथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ। पोखरा ब्रिटिश गोर्खाली सेनाले परेडको पनि आयोजना गरेको थियो। दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनामा नेपाली गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग एकसाथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्त्वपूर्ण योगदान पुर्‍याएको कुरा सुनेर म अति प्रभावित भएको छु। यो सत्यवाद र विश्वशान्तिका निम्ति नेपालले पुर्‍याएको अद्वितीय योगदान हो, साथै चिनियाँ र नेपाली जनताले आलो रगतको माध्यमबाट गाँसको अनमोल मैत्री पनि हो।

मैले बारम्बार भन्ने गरेको छु, नेपालले अहिले सामना गरिरहेका विकास सम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ, चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वासयुक्त हुनसक्नेछ।

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिस्टहरूलाई पूर्ण रूपले परास्त परे, जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपले पराजित गरे। चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिस्टहरू विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो। अन्तत: अन्धकार माथि उज्यालोको, प्रतिगमन माथि प्रगतिको  विजय भयो। आफ्नो लाशबाट ‘ग्रेट वाल’ निर्माण गर्न पनि पछि नपरेका वीरहरूको आत्मालाई शान्ति मिल्यो।

यो कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ ? कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको स्पिरिट हो, जापानी आक्रमण विरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको स्पिरिटको विकास भयो।

चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेदारी रहेको हुन्छ भन्ने राष्ट्रवाद, मरणलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्न परे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने जति दु:ख सहनु परे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे। फासिस्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनताले सबै जुक्ति सोचे, तर कहिल्यै पनि आत्मसमर्पण गर्ने सोचेनन्।

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ- आक्रमणमा परेकाहरूले आत्मसमर्पण गरे पनि आक्रमणकरीहरूले नरसंहार गर्न सक्दैनन्, युद्धका निम्ति साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चामत्कारिक रूपमा सफल हुनुको एकमात्र उपाय हो।

देश धनी, जनता बलियो हुनु नै देशको सुरक्षाको भौतिक आधार हो। राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “पछाडि पर्नेहरूले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ।”

फासिस्ट युद्धवादले विना हिच्किचाहट छिमेकी देशहरूमा आक्रमण गर्ने साहस गर्नु तिनीहरूको आर्थिक अवस्था र सैन्यबल अरूको भन्दा सुदृढ भएर नै हो। आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरू देशहरूसँग व्यापार गर्नुपर्ने कुराको प्रचार गरेको पाइन्छ, यसबाट ‘युद्धको भूत’ अझै पनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ।

चिनियाँ जातिले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्वबारे गहन रूपले बुझेको छ। आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्दछ। चीनका हरेक पुस्ताले मिहिनेत गरी विशाल उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन्। मैले बारम्बार भन्ने गरेको छु, नेपालले अहिले सामना गरिरहेका विकास सम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ, चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वासयुक्त हुनसक्नेछ।

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नान चिङ्गमा आक्रमण गरी ६ हप्ता भन्दा लामो अवधिसम्म आगजनी, बलात्कार, लुटपाट नरसंहार आदि अत्याचार गरे, त्यसमा परेर कम्तीमा ३ लाख जनाको ज्यान गयो।

यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिस्ट विरुद्ध युद्ध विजयको ८०औं वार्षिकोत्सव धुमधामका साथ मनाउँदै छौं। यसबाट हाम्रो शान्तिप्रतिको तीव्र इच्छा प्रकट भएको छ।

हालै चीनमा नान चिङ्गमा नरसंहारको दु:खद् इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘नान् चिङ्ग फोटो स्टुडियो’ प्रदर्शन भइरहेको उक्त चलचित्र हेरिसकेपछि दु:ख र रिस सहन नसकी धेरै दर्शकहरूले आँसु बगाए। यस प्रकारको पीडाले मानिसहरूलाई सास फेर्न समेत गाह्रो भएको अनुभव गराउँदछ। चिनियाँ जातिले जापानी आक्रमणको दु:ख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ, समानताको आधारमा अरूको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ।

चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरू कुनै देश माथि  लाद्ने छैन, कहिल्यै पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन, विस्तारवादी नीति अपनाउने छैन, प्रभाव क्षेत्र बनाउन खोज्ने छैन। चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो; उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइबाट यो पूर्ण रूपले मुक्त छ, यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो।

हामी नेपाल लगायत विश्वका सम्पूर्ण देशहरूसँग संयुक्त रूपमा मानव जातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौं, विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौं।

फ्रेन्च इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा लेखेका छन्– “इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन, त्यो त विगतमा के घटना घटे र के कारणले घटे, त्यसबारे बुझ्नका निम्ति हो।”

इतिहासलाई बिर्सनेले अवश्य पनि पहिलेकै गल्ती दोहोर्‍याउने छ; इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि। यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिस्ट विरुद्ध युद्ध विजयको ८०औं वार्षिकोत्सव धुमधामका साथ मनाउँदै छौं। यसबाट हाम्रो शान्तिप्रतिको तीव्र इच्छा प्रकट भएको छ।

हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्यमान्यताको निर्माणका निम्ति सहयोग गर्नेछौं, यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो। हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाहरूले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मा र मिशन पूरा गर्न सक्ने छन्।

(छन सोङ नेपालका लागि चिनियाँ राजदूत ुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?