+
+
Shares

संखुवासभामा पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए। भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो ।

रासस रासस
२०८२ भदौ १६ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएको छ।
  • मकालु गाउँपालिका–३ सम्माटार नेताभिरमा गएको पहिरोले करिब पाँच सय मिटर सडक बगाएको छ।
  • सडक कार्यालयले दुई एक्साभेटर परिचालन गरी पहिरो हटाउने प्रयास गरिरहेको छ तर लगातार वर्षाले अवरोध छ।

१६ भदौ, किमाथाङ्का। लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए। भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो ।

उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताए ।

माथिल्लो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्थान भएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।

पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुनसकेका छैनन् । खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेका छन् ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?