+
+
Shares

हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकको र्‍याली (तस्वीरहरू)

उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरे । यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका छन्।
  • उनलाई विमानस्थल गेटबाटै समर्थकहरूको र्‍यालीसहित स्वागत गरिएको थियो।
  • मेयर साम्पाङले काठमाडौंमा आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ।

१६ भदौ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो ।

उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरे । यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे ।

कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।

प्रायजसो: उनका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।

तस्वीरहरू : न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?