
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जुन घिमिरे 'पाँडे' निर्देशित फिल्म 'झरीपछि को इन्द्रेणी'को गीत 'धन्य धन्य लोकेश्वर' रेकर्ड भएको छ।
- नेवारी गीत 'ऐला लुवया' र 'सालगु गाचा'का गायक रोजमान महर्जन र गायिका रत्न शोभा महर्जनले स्वर दिएका छन्।
- फिल्मको अस्ट्रेलिया वितरण अधिकार विक्री भैसकेको छ र यसमा सामाजिक सन्देश र आध्यात्मिक दृष्टिकोण समावेश गरिएको छ।
काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा निर्माण भैरहेको फिल्म ‘झरीपछि को इन्द्रेणी’को गीत ‘धन्य धन्य लोकेश्वर’ रेकर्ड भएको छ ।
नेवारी गीत ‘ऐला लुवया’, ‘सालगु गाचा’बाट चर्चित गायक रोजमान महर्जन र गायिका रत्न शोभा महर्जनको स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ ।
गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् । बाँसुरीमा रुविन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा सुरेन्द्र श्रेष्ठकै प्रस्तुति छ ।
गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्रले गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
यस गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चलचित्रको भावनात्मक गहिराइ थपेको संगीतकार श्रेष्ठले जानकारी दिए ।
फिल्ममा बालेनको एउटा विशेष गीत पनि समावेश गरिएको छ, जसले युवापुस्तामाझ उत्साह थप्ने विश्वास गरिएको छ ।
समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीत समेत चलचित्रमा सुन्न पाइनेछ, जसले चलचित्रको संगीत पक्षलाई अझ बलियो बनाएको छ ।
सामाजिक सन्देश, आध्यात्मिक दृष्टिकोण र सांगीतिक पक्षको संयोजन गरिएको यो फिल्मको अस्ट्रेलिया वितरण अधिकार विक्री भैसकेको छ ।
प्रतिक्रिया 4