+
+
Shares

भूमिसम्बन्धी विधेयक भूमाफियालाई जमिन सुम्पनेगरी आयो : सांसद विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १९:०३

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भूमि सम्बन्धी विधेयक भूमाफियालाई जमिन सुम्पिने गरी आएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै विधेयक भूमिहिन, दलित, सुकुमबासी, अव्यवस्थित बसोवासीकै नाममा रंगिएको बताए ।

दलित अधिकार र विकासका विधेयकहरु नआउने तर जग्गाको चोक्टो देखाउने बहाना सरकारले गरिरहेको उनले बताइन् ।

‘दलित अधिकार र विकासका विधेयकहरू आउँदैनन् । ऐनहरू बन्दैनन् । अहिलेसम्म सरकारले ऐन ल्याउँदैन,’ उनले भने, ‘तर जग्गाको चोक्टो देखाउने बहाना गरिरहेको छ । प्रत्येक किसानलाई भूमिमा पहुँच पुर्‍याउने भनेको तर किसानलाई होइन, भूमाफियालाई जमिन सुम्पिँदैछ ।’

सांसद विश्वकर्माले २०६६ माघ २८ अघि मात्रैलाई सरकारले किन जोड दिइएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?