+
+
Shares

‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज तथा फाइनान्स मेला’ भृकुटीमण्डपमा, आकर्षक अफरको लर्को

यस मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस दुई पाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १९:५२

काठमाडौं । नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ काठमाडौं भृकुटीमण्डपमा सुरु गर्ने घोषणा गरेको छ ।

१८ देखि २३ भदौ (६ दिन) सम्म चल्ने यो मेला आफ्ना सवारीसाधन अपग्रेड गर्न चाहने ग्राहकका लागि एक विशेष अवसर बन्ने छ ।

यस मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस दुई पाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् ।

यस एक्स्चेन्ज सुविधाका साथै मेलामा विभिन्न आकर्षक अफरहरू पनि प्रस्तुत गरिएका छन् ।

नयाँ टीभीएस सवारीसाधन खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । एक्स्चेन्जमा ल्याइने पुरानो गाडीको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँ तोकिएको छ भने एक्स्चेन्ज गर्दा थप १० हजारसम्मको अतिरिक्त फाइदा पनि उपलब्ध हुनेछ ।

प्रत्येक नयाँ खरिदमा निःशुल्क एसेसरिज प्रदान गरिने छ, जसले ग्राहकको खरिद अनुभव थप उत्साहजनक बनाउने छ ।

सवारीसाधन खरिद गर्न चाहनेका लागि नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्र पेस गरी सजिलो फाइनान्स योजनाको सुविधा पनि मेलामा उपलब्ध छ ।

मेला अवधिभरि प्रि–बुक गर्ने ग्राहकका लागि विशेष उपहारको व्यवस्था पनि गरिएको छ । उनीहरूले बोल्ट स्मार्ट वाच र इयरबड विशेष उपहारका रूपमा प्राप्त गर्नेछन् ।

यो ६ दिने मेला केवल खरिद अनुभव मात्र नभई स्टन्ट शो, टेस्ट राइड, गेमिङ जोन र फुड स्टल लगायत मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका छन्, जसले मेलाको आकर्षणलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमबारे बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला हाम्रा सम्मानित ग्राहकलाई यस उत्सवमा उत्तम सुविधा उपलब्ध गराउने हाम्रो प्रयास हो । आकर्षक नगद छुट, सजिलो फाइनान्स सुविधा र लाइफटाइम वारेन्टीको आश्वासनसँगै टीभीएसले प्रत्येक राइडरप्रति मूल्य, विश्वास र सन्तुष्टिको हाम्रो लामो प्रतिबद्धता अझ मजबुत बनाइरहेको छ ।’

यो मेला यसपालिको टीभीएस दसैं–तिहार अभियान ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ सँग पनि जोडिएको छ, जसले नेपालका सबै परिवारहरूको उत्सवलाई अझै यादगार बनाउन मद्दत गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?