
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘अभिमन्यु : च्याप्टर १’को शीर्ष गीत र्यापर भियोमाको शब्द, संगीत र स्वरमा सार्वजनिक भएको छ।
- गीतले पैसाले मान्छेको प्रवृत्तिमा ल्याउने स्वभावको कथा भन्छ र पैसामा माया साट्ने र सम्बन्ध टुट्ने यथार्थ चित्रण गरेको छ।
- फिल्म भदौ २७ गते रिलिज हुँदैछ र हिन्दी संस्करण असोज ६ देखि रिलिज तयारीमा छ।
काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को शीर्ष गीत सार्वजनिक भएको छ । अहिलेका चर्चित र्यापर भियोमाको शब्द, संगीत र स्वर यसमा छ ।
तपाईं नेपाली तन्नेरी पुस्ताका र्यापर भियोमालाई पछ्याउनुहुन्छ भने यो गीत उत्कृष्ट बन्नसक्छ । यसअघि उनले अनुपविक्रम शाही स्टारर ‘लाखे’को शीर्ष गीतबाट फिल्म गायनमा डेब्यू गरेका थिए ।
‘अभिमन्यू’को यो शीर्ष गीतले पैसाले मान्छेको प्रवृत्तिमा ल्याउने स्वभावको कथा भन्छ । पैसामा माया साट्ने र सम्बन्ध टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।
भिडियोमा र्यापर भियोमा आफैँ फिचर्ड छन् । ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो फिल्मको हिन्दी संस्करण असोज ६ देखि रिलिज तयारीमा छ ।
फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।
प्रतिक्रिया 4