+
+
Shares

सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर फिल्म 'जुबा' निर्माण गर्न अस्त्र फिल्म्सले निर्णय गरेको छ।
  • फिल्म 'जुबा' को कथार निर्देशन प्रकाश कर्णले गर्नेछन् र पटकथा वर्षा पौडेलले लेखेकी हुन्।
  • शीर्ष अभिनेत्रीको भूमिकामा सोफी धरेलले डेब्यू गर्नेछन् र मुख्य भूमिकामा सुधन पोखरेल पनि छन्।

काठमाडौं । अभिनेता सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर फिल्म ‘जुबा’ बन्ने भएको छ । अस्त्र फिल्म्सले यो फिल्म निर्माण गर्न लागेको हो ।

प्रकाश कर्णको कथार निर्देशन रहने यो फिल्मको पटकथा वर्षा पौडेलले लेखेकी हुन् । रचनात्मक निर्देशकमा कर्ण र पौडेल दुबैजना छन् ।

शीर्ष अभिनेत्रीको भूमिकामा सोफी धरेलले डेब्यू गर्नेछिन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा सुधन पोखरेल छन् । उनको यो तेस्रो कथानक फिल्म हो ।

 

रक क्यास्टर स्टुडियोको निर्माण रहने फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि उभिएर नमस्ते गरिरहेका छन् ।

चलचिको कथा, कलाकार र अन्य कुराबारे विस्तृत खुलाइएको छैन । पोस्टरले दर्शकमाझ कौतुहलता सिर्जना गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?