+
+
Shares

‘जारी २’ को मर्मस्पर्शी गीत ‘अम्लारी फूल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ'को गीत 'अम्लारी फूल' युट्युबमा रिलिज भएको छ।
  • सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द र अभिज्ञा घिमिरे तथा विकास लिम्बुको स्वर छ।
  • संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि फिल्म प्रदर्शन तयारीमा रहेको छ र उपेन्द्र सुब्बा निर्देशित फिल्म हो।

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को गीत ‘अम्लारी फूल’ युट्युबमा रिलिज भएको छ ।

सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ ।

पालम, हाकपारे र ख्यालीमा दयाहाङ र याशेली योङहाङको क्रेडिट छ । यसअघिको हिट फिल्म ‘जारी’को यो दोस्रो श्रृंखला दर्शकमाझ प्रतीक्षित छ ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?