+
+
Shares

धोखाधडीको विवादबीच शिल्पा शेट्टीले बन्द गरिन् रेस्टुरेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री शिल्पा शेट्टीले मुम्बईको बान्द्रामा रहेको आफ्नो लोकप्रिय रेस्टुरेन्ट बास्टियन बन्द हुने घोषणा गरेकी छिन्।
  • शिल्पाले इन्स्टाग्राममा ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ’ भनी रेस्टुरेन्ट बन्द हुनुको सूचना दिएकी छिन्।
  • अगस्टमा मुम्बईका व्यापारी दीपक कोठारीले शिल्पा र उनका पति राज कुन्द्राविरुद्ध ६० करोड भारु ठगीको उजुरी दर्ता गराएका थिए।

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोकप्रिय रेस्टुरेन्ट बास्टियन बन्द हुने भएको छ । यो रेस्टुरेन्ट मुम्बईको बान्द्रामा अवस्थित छ ।

शिल्पा आफैंले यसको घोषणा गरेकी छिन् र यसलाई ‘एक युगको अन्त्य’को रुपमा टिप्पणी गरेकी छन् ।

शिल्पाले इन्स्टाग्राम अकाउन्टमा ‘बास्टियन’ बन्द भएको घोषणा गर्दै भावुक हुँदै लेखेकी छिन्, ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ किनकि हामीले मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यमध्ये एक बास्टियन बान्द्रालाई बिदाइ गर्नेछौं ।’

उनी अघि लेख्छिन्, ‘यो त्यो ठाउँ हो जसले हामीलाई अनगिन्ती सम्झना, अविस्मरणीय रात र क्षण दियो, जसले शहरको रात्रि जीवनलाई आकार दियो । अब यो ठाउँले आफ्नो अन्तिम पर्दा छोप्दैछ ।’

अभिनेत्रीले अगाडि लेखेकी छिन्, ‘यस पौराणिक ठाउँलाई सम्मान गर्न, हामी हाम्रा नजिकका पाहुनाका लागि एक विशेष साँझको आयोजना गर्दैछौं, जुन पुरानो याद, ऊर्जा र जादूले भरिएको रात हो, जहाँ बास्टियनले हामीलाई अहिलेसम्म दिएका सबै कुराको उत्सव मनाइनेछ ।’

यस पोस्टमा शिल्पाले रेस्टुरेन्ट बन्द हुनुको कारण बताएकी छैनन् । उनले यो रेस्टुरेन्ट सन् २०१६ मा रंजित बिन्द्रासँग मिलेर सुरु गरेकी थिइन् । यो ठाउँ मुम्बईको रात्रि जीवनमा धेरै लोकप्रिय थियो ।

अगस्टमा, मुम्बईका एक व्यापारी दीपक कोठारीले शिल्पा र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेका थिए । दीपक कोठारीका अनुसार उनले सन् २०१५ मा एजेन्ट राजेश आर्यमार्फत शिल्पा र कुन्द्रालाई भेटेका थिए ।

त्यतिबेला दुवै जना बेस्ट डिल टिभीका निर्देशक थिए र शिल्पाको कम्पनीमा ८७% भन्दा बढी शेयर थियो । बैठकमा शिल्पा र कुन्द्राको कम्पनीलाई दीपकले ऋण दिने निर्णय भयो ।

यो विवाद चर्किँदै जाँदा, जुहू प्रहरी चौकीमा ठगी र जालसाजी अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । रकम १० करोडभन्दा बढी भएकोले अनुसन्धान आर्थिक अपराध शाखालाई हस्तान्तरण गरिएको छ ।

इओडब्लुले यो मुद्दाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?