
१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई संसद्मार्फत विभिन्न प्रश्न गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले विभिन्न प्रश्न गरेका हुन् ।
सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?, किसानलाई मल र भुक्तानी कहिले दिने ?, मिटर ब्याज पीडितले न्याय कहिले पाउने ? र भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाइएको छ ? भनेर उनले प्रश्न गरेका हुन् ।
सांसद चौधरीले विगत ३४ वर्षदेखि देशका नदी–नाला, कलकारखाना बेच्ने, युवालाई परदेशको भट्टीमा धकेल्ने, सहकारीमा अरबौँ को भ्रष्टाचार गर्ने असली ठगहरूले रास्वपालाई पाठ पढाउन खोजिरहेको भनेर समेत कटाक्ष गरेका छन् ।
तीन दशकको दलाल संस्कार, भ्रष्टाचार र लुटतन्त्रले देशलाई खोक्रो बनाएको उनले बताए ।
जनता अब मौन नरहने उल्लेख गर्दै उनले मक्किएको संरचना केही वर्षमै भत्काउन आन्दोलन सुरु भइसकेको बताए ।
उनले भनेका छन्, ‘हेक्का रहोस्, २०८४ सम्म सहन्छौँ, त्यसपछि हेर्नेछौं ।’
प्रतिक्रिया 4