+
+
Shares

विद्याको सदस्यताबारे ओली- केही विषय उठेका छन्, विधान महाधिवेशनसँग सम्बन्धित छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १२:४४

२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् ।

आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयतर्फ इंकित गर्दै विधान महाधिवेशनमा यस्तो विषय नउठ्ने बताएका हुन् ।

तर, उनले पूर्वराष्ट्रपति भण्डारीको नाम भने लिएनन् ।

‘केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्,’ ओलीले भने ।

त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गर्ने ओलीले बताए ।

‘ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषयहरू हुन् । अरु कमिटीहरूमा छलफल गर्दै जानेछन्,’ ओलीले भने ।

विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढ्ने ओलीले बताए । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् ।

त्यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् ।

ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ भने थापाको मतबारे पनि छलफल हुने एमालेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?