
२० काठमाडौँ । नबिल बैँकका सिइओ मनोज कुमार ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताएका छन् ।
शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले ग्रेडका लागि नभई सिकाइका लागि शिक्षा आजको आवश्यकता भएको बताए ।
ज्ञवालीले नेपालमा सम्भावना छ भन्दा गाली खाने गरी समाज नकारात्मकता तर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिए ।’
ग्राभिटी ग्रुपका सिइओ दिपक चौलागाईले सञ्चालन गर्ने पोडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राखिने गरी डिजाइन गरिएको चौलागाईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4