+
+
Shares

एमाले विधान महाधिवेशन : सांसद कतिपटक बन्न पाउने तय गर्न प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १०:५९

२२ भदौ, काठमाडौं । नेकपा एमालेका विधान महाधिवेशन प्रतिनिधिहरूले संघीय सांसद र प्रदेश सांसउद कतिपटक बन्न पाउने हो तय हुनपर्ने बताएका छन् । यसलाई पार्टीको विधानमै राखेर जानुपर्ने उनीहरूको सुझाव छ ।

पार्टीमा उपाध्यक्षहरूको भूमिका समेत प्रष्ट्याउन आवश्यक रहेको प्रस्ताव प्रतिनिधिहरूले राखेका छन् । पदका लागि पद दिए जस्तो गर्ने र भूमिका नहुने हो भने त्यसको अर्थ नरहने उनीहरूको सुझाव छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख भएका व्यक्तिले पुन: राजनीति गर्न पाउने वा नपाउने भन्ने विषयलाई विधानमै प्रष्ट गर्नुपर्ने विषयमा पनि विधान महाधिवेशन प्रतिनिधिहरू रहेका छन् । तर, त्यस्ता व्यक्तिहरूको राजनीतिक सक्रियता ठीक हो वा होइन भन्नेमा भने विभाजित छन् ।

जिल्ला कमिटीलाई समन्वयकारी बनाउनुपर्ने, महिला र दलितको प्रतिनिधित्व पार्टी कमिटीको पदाधिकारीमा सुनिश्चित गरिनुपर्ने लगायतका विषय समेत उठेका छन् । अनुशासनको परिभाषा र प्रयोगको विषय पनि उठेको छ ।

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।

शनिवार १० वटा समूहमा भएको छलफल आज समूह नेताले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपद्धि प्रस्ताव र प्रतिवेदनहरू संशोधनसहित पारित हुनेछ र आजै विधान महाधिवेशन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?