+
+
Shares

कालिङ्गामा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २८ र २९ गते ललितपुरमा चौथो कालिङ्गा साहित्य महोत्सव हुँदैछ जसमा देशविदेशका करिब ३०० लेखक सहभागी हुनेछन्।
  • भारतीय अभिनेता अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले \'लाइफ इन फ्रेम : अमोल पालेकर\' शीर्षकमा संवाद गर्नेछन्।

काठमाडौँ । आगामी भदौ २८ र २९ गते ललितपुरको हिमालय होटलमा चौथो संस्करणको ‘कालिङ्गा साहित्य महोत्सव’ हुँदैछ । यसमा देशविदेशका साहित्यकार, गायक, संगीतकार, कलाकार र कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्।

कार्यक्रमको दोस्रो दिन भदौ २९ गते उत्सवमा चर्चित भारतीय अभिनेता एवं निर्देशक अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले संवाद गर्ने भएका छन्। पालेकर र गोखले श्रीमान्-श्रीमती हुन् । दिउँसो १२:१० देखि १ बजेसम्म सेसन चल्नेछ । ‘लाइफ इन फ्रेम : अमोल पालेकर’ शीर्षकको यस विशेष शत्रमा पालेकर र गोखलको जीवनयात्रा, कला र सिर्जनाबारे संवाद हुनेछ।

७० र ८० को दशकमा हिट सिनेमा दिएका पालेकर सादगीपूर्ण अभिनय र निर्देशनका कारण चर्चित छन् । १९६७ मा थिएटरबाट अभिनय यात्रा थालनी गरेका पालेकरले मराठीसहित हिन्दी सिनेमामा समेत काम गरेका छन् । रजनीगंधा, गोलमाल, छोटी सी बात, भूमिका, सफेद, झूट, बातों बातों में, बात बनजाए, अक्रिट, नरम-गरम, तेस्रा कानुनलगायत दर्जनौँ फिल्ममा काम गरेका छन् ।

उनलाई गोलमाल, अक्रिट र भूमिका फिल्मबाट फिल्मफेयर अवार्ड प्राप्त भएको थियो ।

पालेकरले अक्रिट, आँखें, दायरा, थोडा सा रुमानी हो जाए, आहट, क्विस्टलगायत फिल्म निर्देशन समेत गरेका छन् । यस्तै सन्ध्या गोखलेले पहेली, समान्तर, विआरअन, १९४२: अ लभ स्टोरीलगायत फिल्म लेखेकी छन् ।

बुद्धिसागर कर्णाली ब्लुज, फिरफिरे, एक्लोजस्ता चर्चित उपन्यासका लेखक हुन् भने उनको ‘बुद्धिसागरका कविताहरू’ पुस्तक पनि प्रकाशित छ।

यस संस्करणको मूल विषय ‘सीमापारि बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भुटान, बंगलादेश र श्रीलंकाका सहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?