+
+
Shares

विधान संशोधन प्रस्तावमा आएका संशोधन अघि बढ्दैनन् : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १५:२४

२२ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि बढ्न नसक्ने जानकारी गराएका छन् ।

आइतबार आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

आफूले प्रस्तुत गरेको विधान संशाधन प्रस्ताव तर्कसहित ल्याएको र उक्त प्रस्ताव संशोधन भएर अघि बढ्न नसक्ने पौडेलको भनाइ थियो ।

‘प्रस्तावभन्दा बाहिर आएका कुनै पनि कुरा संशोधन गर्न सकिँदैन । तर्कसहित यो प्रस्ताव गरिएको हो । संशोधन प्रस्ताव अघि बढ्दैन,’ पौडेलले जवाफका क्रममा भनेका छन् ।

एमालेको विधान महाधिवेशन आजबाट सकिँदैछ । विधान महाधिवशेनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि समूहगत छलफल सकेर आज जवाफ दिइएको हो ।

पौडेलको प्रतिवेदनसहित महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनको पनि जवाफ दिइसकिएको छ ।

केहीबेरमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?