
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा रोक लगाउने सरकारी कदमको आलोचना गर्दै जेन-जी पुस्ताले आयोजना गर्ने आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
- उनले फेसबुकमा लेख्दै भने, 'हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं' र 'हाम्रो अधिकार कोही रोक्न सक्दैन' भनी आवाज उठाएका छन्।
- अनमोलले पहिलोपटक राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रतिबन्धहरू चिन्ताजनक रहेको उल्लेख गरेका छन्।
काठमाडौं । अभिनेता अनमोल केसीले सोमबार जेन-जी पुस्ताले आयोजना गर्ने जनाइएको ‘आन्दोलन’मा ऐक्यबद्धता जनाएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै केसीले सामाजिक संजालमा रोक लगाउने सरकारी कदमको आलोचना गरेका छन् ।
उनी लेख्छन्, ‘ हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’
अनमोलले पहिलोपटक राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘ नेपालको नागरिकको रूपमा, म मेरा जनताको आवाजलाई बेवास्ता गर्न सक्दिन । हामीलाई संसार र एकअर्कासँग जोड्ने सामाजिक सञ्जाल प्लेटफर्ममा हालैका प्रतिबन्धहरू गहिरो रूपमा चिन्ताजनक छन् । रचनात्मकता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारलाई कहिल्यै चुप लगाउनु हुँदैन । आउनुहोस्, एकता, शान्ति र दृढ संकल्पका साथ उभिऔं, जहाँ आवाजहरू सुनिन्छन्, अवरुद्ध होइन ।’
अहिले विभिन्न समूहले सेयर गरिरहेको सोमबार हुने भनिएको ‘जेन-जी आन्दोलन’को पोस्टर पनि सेयर गरेका छन् । ‘आवाज उठाउने पुस्ता, जेन–जेडको संघर्ष, भोलिको भेला हाम्रो भविष्य’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4