+
+
Shares

जापानका प्रधानमन्त्री इसिबाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका प्रधानमन्त्री शिगेरु इसिबाले राजनीतिक चुनौतीका कारण पदबाट राजीनामा दिएका छन्।
  • सत्तारुढ गठबन्धनले जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा बहुमत गुमाएको थियो।
  • इशिबाले अमेरिकासँगको व्यापार सम्झौतालाई १ अगस्टसम्म अन्तिम रूप दिनुपर्ने प्राथमिक जिम्मेवारी बताएका थिए।

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् ।

यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।

जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो ।

जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।

चुनावको समयमा इशिबाले आफू पदमा रहने बताएका थिए । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका थिए ।

त्यसबेला इशिबाले भनेका थिए, ‘जापानले १ अगस्टसम्म अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनु आफ्नो प्राथमिक जिम्मेवारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?