
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सेयर बजारमा कुल ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ।
- ठूला १० ब्रोकर कम्पनीले कुल कारोबारको ३४ प्रतिशत हिस्सा ओगटेको छ।
- बजारको पूँजीकरण ४५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
२२ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो ।
आज ठूला १० ब्रोकरबाट कुल १ अर्ब ५३ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ४६ करोडको बिक्री भएको छ । यो रकम लगानीकर्ता तथा कारोबारीले यी ब्रोकरका टीएमएसमार्फत गरेको कारोबार हो ।
६ ब्रोकरमार्फत खरिद बढी भएको छ भने चार वटाबाट बिक्री बढी भएको छ । नासा, त्रिशक्ति, क्यापिटल र एबीसीमार्फत बिक्री बढी भएको छ । त्यस्तै इम्पेरियल, सनी, अनलाइन, भिजन, आर्यतारा र डायनामिकमार्फत भने खरिद बढी भएको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर छन् । बजारको पूँजीकरण ४५ खर्ब २७ अर्ब रुपैयाँ छ । आज नेप्से परिसूचक ११ अंक घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4