
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सेयर बजारमा दशैंका कारण जम्मा ३ अर्ब २६ करोडको कारोबार भएको छ।
- ठूला १० ब्रोकरमार्फत कुल कारोबारको ३३ प्रतिशत हिस्सा भएको छ र ४ ब्रोकरले बिक्री बढी गरेका छन्।
- नेप्से परिसूचक २.३५ अंकले घटेको छ र नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीमा धेरै कारोबार भएको छ।
९ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा जम्मा ३ अर्ब २६ करोडको कारोबार भयो । दशैंका कारण कारोबार रकम खुम्चिएको छ ।
कुल कारोबारमा आज ठूला १० ब्रोकरमार्फत भएको कारोबार हिस्सा ३३ प्रतिशत हो । ठूला १० ब्रोकरमार्फत कुल १ अर्ब १३ करोडको खरिद हुँदा १ अर्ब ३ करोडको बिक्री भएको छ । ४ मार्फत बिक्री बढी हुँदा ६ मार्फत खरिद बढी भएको छ ।
नासा, भिजन, इम्पेरियल र प्रिमियरमार्फत बिक्री बढी भएको छ । त्यस्तै श्रीकृष्ण, क्यापिटल म्याक्स, आर्यतारा, सनी, भृकुटी, अनलाइनबाट खरिद बढी भएको छ ।
ठूला ब्रोकरबाट धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, कालिका पावर, लुम्बिनी विकास बैंक लगायत कम्पनी छन् । यस दिन नेप्से परिसूचक २.३५ अंक घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4