+
+
Shares

प्रिय भाइहरु भोलि तिमीहरू पनि जानू, खातामा २५/२५ हजार पठाइदिएको छु : प्रकाश सपूत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनेरेसन जेडले सामाजिक संजाल बन्द र भ्रष्टाचारको विरोधमा सोमबार देशव्यापी प्रदर्शन गर्ने भएका छन्।
  • गायक प्रकाश सपुतले आफ्ना दुई भाइ सुनिल र सचिनलाई आन्दोलनमा जान आग्रह गर्दै युट्युबबाट आएको २५/२५ हजार रुपैयाँ पठाएको बताएका छन्।
  • सपुतले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यको भर्त्सना गर्दै जेन-जीको नयाँ स्वरुपको आन्दोलनमा आफू उत्साहित रहेको उल्लेख गरेका छन्।

काठमाडौं । सामाजिक संजाल बन्द र भ्रष्टाचारको विरोधमा जेन-जीले सोमबार देशब्यापी प्रदर्शन गर्दैछन् । सेलिब्रेटीहरूले सामाजिक सञ्जालबाट धमाधम यो आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

गायक तथा अभिनेता प्रकाश सपुतले जेनेरेसन जेड पुस्ताका दुईजना भाई सुनिल र सचिनलाई आन्दोलनमा जान आग्रह गरेका छन् । मर्मस्पर्शी पोस्टमा उनले जेन-जी पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न आफू उत्साहित रहेको बताएका छन् ।

ती दुई भाईलाई आन्दोलनमा जानको लागि आफूहरूले कर काटेर आएको २५/२५ हजार युट्युबको कमाइलाई उनीहरूको खातामा हालेको सपुतले बताएका छन् ।

उनी लेख्छन्, ‘जे होस भोली तिमीहरू जानु । मैले तिमीहरुको खातामा २५/२५ हजार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन !

उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यको समेत भर्त्सना गरेका छन् ।

प्रकाश सपुतले के लेखे ?

प्रिय भाइहरु,

सुनिल (२५ वर्ष ) सचिन (२६ वर्ष ) ! भोली तिमीहरु पनि जानु ! तिमीहरु केही बोल्नै पर्दैन । तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो । भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु । किनकि हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्‍यौ । अझ भनौं, युद्ध नै भोग्यौं । त्यो आन्दोलनको नेतृत्व गरेकालाई खत्रै मान्यौ । व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौं । गर्लान नि भन्ने आशा गर्यौ । तर.. छोड़ यार अब यो कथा धेरै रिपिट भयो । उनीहरुले आफ्नो योगदान भन्दा बढि फाईदा लिइ सके । जे होस भोली तिमीहरू जानु । मैले तिमीहरुको खातामा २५/२५ हजार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन ! अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई- ‘हाईड्रेड रहनु, संयमित रहनु, एकै पटकमा नथाक्नु ।’ किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगे पछि जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरुले एक्कै पटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन् । यिनीहरुलाई बुझाउन र गलाउन तिमीहरु पटक-पटक सँगै उभिनुपर्नेछ । यसपाली उनीहरुलाई जेन-जी को सांकेतिक प्रर्दशनले गहिरो महुसुस होस् कि समय धेरै अगाडि गइसकेछ । आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौ । भोली तिमीहरु जानु र सुरक्षित फर्किनु साँझ घरमा परिवार कुरिरहको हुनेछ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?