
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिका–२५ स्थित तुलसालय अनाथ आश्रमलाई यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ।
- तुलसी फाउन्डेसनद्वारा सञ्चालित आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कारसहित सम्मान गरिएको छ।
- कार्यक्रममा तुलसी फाउन्डेसनलाई रु १ लाख ५० हजार संस्थागत सहयोग पनि प्रदान गरिएको थियो।
२२ भदौ, काठमाडौं। ललितपुर महानगरपालिका–२५, नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रमलाई यस बर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ ।
सो कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको हो ।
साथै सोही कार्यक्रममा उक्त फाउन्डेसनलाई आयमूलक कार्यमा सहयोग पुग्नेगरी रु १ लाख ५० हजार संस्थागत सहयोग पनि प्रदान गरिएको थियो ।
विसं २०७५ मा स्थापित तुलसी फाउण्डेसनद्वारा सञ्चालित सो आश्रममा हाल ४५ जना अनाथ बालबालिका तथा बेसहारा ज्येष्ठ नागरिकहरु छन्। संस्थाले कैयौँ अनाथ र असहायहरुलाई समाजमा पुनस्र्थापना पनि गरेको छ।
त्यसैगरी सोही कार्यक्रममा चाँगुनारायणस्थित मानव कल्याण समाज (सेवा घर), अनाथ असहाय बाल सुधार समाज, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, गामबेसीका चेपाङ संरक्षण केन्द्रलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले ती पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया 4