
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झा अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।
जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।
घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4