+
+
Shares

बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृत्यु

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ र दुई जनाको मृत्यु भइसकेको छ।
  • प्रहरीको गोली लागेर निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ र करिब एक सय घाइतेहरूको उपचार भइरहेको छ।
  • काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भए पनि युवाहरूले प्रदर्शन जारी राखेका छन् र प्रहरीले दमन सुरु गरेको छ।

२३ भदौं, काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।

तर कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?