
२३ भदौ, काठमाडौं । चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले अनलाइनखबरलाई जानारी दिए ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए ।
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए ।
प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बीचमा झडप समेत भएको थियो ।
अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।
बिहानसम्म शान्त रहेको भरतपुरमा केही प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रर्दशन गरेर फर्किएका थिए । दिउँसो साढे १ बजेपछि प्रर्दशनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रर्दशन थालेका हुन् ।
प्रतिक्रिया 4