
२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ ।
अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।
दिउँसो साढे १२ बजेबाट कर्फ्यू लागेपनि अहिलेसम्म प्रदर्शन रोकिइरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4