+
+
Shares

विराटनगरमा टिपरको ठक्करबाट १ जनाको मृत्यु, टिपरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:४६

२३ भदौ, विराटनगर । विराटनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनालगत्तै आक्रोशित भिडले टिपरमा आगजनी गरेका छन् ।

सोमबार साँझ विराटनगर महानगरपालिका–२ तीनपैनीमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित भिडले टिपरमा आगो लगाइदिएका हुन् । टिपर चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?