+
+
Shares

सरकार हत्या–आतंकमा उत्रियो : आजपा

अब प्रधनमन्त्रीले राजीनामा दिनुपर्ने आजपाको माग छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:५३
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकार  हत्या–आतंकमा उत्रिएको भनेर आलोचना गरेको छ ।

आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विज्ञप्ति निकालेर शान्ति, सु–व्यवस्था कायम गर्नु/गराउनुको साटो सरकारले उल्टै नेपाली नागरिकको हत्या गरेको बताएका छन् ।

भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले गोली चलाउँदा दर्जनौँ युवाहरूको मृत्यु हुनु पुगेको आजपाको ठहर छ ।

‘कलिला उमेरका युवाहरूको यो बर्बरतापूर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहासमात्र नभई मानवताकै हत्या भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

अब प्रधनमन्त्रीले राजीनामा दिनुपर्ने आजपाको माग छ ।

‘प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न/गराउनका लागि पनि तत्काल राजीनामा गर्न जोडदार माग गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?