
फाइल फोटो
२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन-जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।
सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4