+
+
Shares

कलंकीमा पनि टायर बालेर जेनजीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलंकीमा टायर बालेर जेनजीले प्रदर्शन सुरु गरेका छन्।
  • बानेश्वर क्षेत्रमा १७ जनाको मृत्युपछि जेनजीको प्रदर्शन अन्य ठाउँमा फैलिएको छ।
  • सरकारको सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र नेता छोराछोरीको जीवनशैलीविरुद्ध जेनजीले प्रदर्शन गरेका छन्।

२३ भदौ, काठमाडौं । कलंकीमा पनि टायर बालेर जेनजीले प्रदर्शन सुरु गरेका छन् ।

बानेश्वर क्षेत्रमा १७ जनाको ज्यान गएपछि तितरबितर भएको जेनजीको प्रदर्शन अहिले अन्य ठाउँहरूमा फैलिएको छ । अहिले केही समूहले कलंकीमा पनि टायर बालेर प्रदर्शन सुरु गरेका हुन् ।

यसअघि सुन्धाराको पुलिस बिटमा पनि प्रदर्शनकारीले आक्रमण गरेका थिए ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् ।

यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?