+
+
Shares

आजका घटनाका सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

महामन्त्री थापाले आज विज्ञप्ति निकाल्दै गृहमन्त्रीले राजीनामा दिएर नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
  • थापाले सरकारले असंवेदनशीलता देखाउँदा अनाहकमा धेरै युवाले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको बताए।
  • उनले भ्रष्टाचार छानबिन र कारबाहीका लागि संविधान संशोधन र उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गरे।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएका घटनाको सबै जिम्ममा प्रधानमन्त्री ले लिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले आज विज्ञप्ति निकाल्दै गृहमन्त्रीले राजीनामा दिएर नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन् ।

उनले सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको घटनाले  स्तब्ध बनाएको बताए ।

उनले भने, ‘ कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ।’

जेनजीले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने बताए ।

‘ युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन्। मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो, ‘ उनले भने, ‘ यसको लागि संविधान संशोधन गर्ने देखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रूत गति मा काम गर्नुपर्छ।’

२०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ । साथै सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउन जेनजीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?