+
+
Shares

जेनजी आन्दोलन : बुटवलका विद्यालय पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ८:३२
बुटवलमा आयोजित जेनजी प्रदर्शन ।

२४ भदौ, बुटवल । जेन जी युवाको सोमबार देशभर भएको आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण बुटवलमा आज विद्यालय बन्द भएका छन् ।

विशेष परिस्थितिका कारण भदौ २४ गते बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द हुने उपमहानगरले जनाएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले विज्ञप्ती जारी गर्दै उपमहानगरका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेका छन् ।

नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?