+
+
Shares

विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ९:१८

२४ भदौ, विराटनगर । सुशासन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सोमबार भएको प्रदर्शनीमा प्रहरीले बल प्रयोग गरेको विरोधमा जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् ।

आज दिउँसो ११ बजेबाट विराटनगरमा यातायात बन्दको आह्वान गरेका हुन् ।

‘तपाईंहरूले बिहान ११ बजेसम्म आफ्नो काम सक्नुहोला, त्यसपछि यातायात बन्द गर्छौं,’ आन्दोलनरत पक्षले भनेको छ ।

स्थानीय प्रशासनका अनुसार मोरङको अवस्था सामान्य छ । सुनसरीको इटहरीमा भने कर्फ्यु यथावत छ ।

सोमबार प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्युु भएपछि स्थानीय प्रशासनले इटहरीमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?