
२४ भदौ, जनकपुरधाम । नयाँ पुस्ताका युवा (जेनजी) हरूले मधेश प्रदेशका जिल्लाहरूमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम, ढल्केभर, सिराहाको लहान, महोत्तरीको बर्दिबास बाराको कलैया, वीरगञ्ज लगायतको स्थानमा युवाहरूले बिहानैदेखि प्रदर्शन जारी छ ।
प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशित बनेका जेनजीहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनलाई मध्यनजर राखेर स्थानीय प्रशासनले वीरगञ्जमा कार्फ्यू समेत लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4