
२४ भदौ, काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित प्रहरी बिटमा प्रदर्शनकारीले प्रहरी बिट जलाएका छन् ।
प्रहरी बिट भत्काएर प्रदर्शनकारीले आगजनी गरेका हुन् । भक्तपुरमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।
भक्तपुरका मुख्य सडकहरीमा कहीँ कतै सुरक्षाकर्मी देखिएका छैनन् ।
जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।
सोमबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4