+
+
Shares

सैनामैना नगर प्रमुखको घर घेराउ

यसअघि नगरपालिकाको प्रशासकीय भवन घेराउ गर्न गएका युवा विद्यार्थीलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सैनामैना ३ मुर्गियास्थित मेयर शर्माको घर घेराउ गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको सैनामैनाका मेयर फणिन्द्र शर्माको घरमा जेनजी युवा विद्यार्थीले भ्रष्टाचार र कर दुरुपयोगविरुद्ध प्रदर्शन गर्दै घेराउ गरेका छन्।
  • प्रदर्शनकारीले स्थानीय तहमा बढ्दो भ्रष्टाचार, करको दुरुपयोग र जनप्रतिनिधिको मासिक सेवा सुविधाको विरोधमा नाराबाजी गरेका छन्।
  • हिजोबाट शुरु भएको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु र ४ सय बढी घाइते भएपछि आन्दोलन दोस्रो दिन झन् चर्किएको छ।

२४ भदौ, बुटवल। जेनजी युवा विद्यार्थीको प्रदर्शनका क्रममा रुपन्देहीको सैनामैनाका मेयर फणिन्द्र शर्माको घर घेराउ भएको छ।

यसअघि नगरपालिकाको प्रशासकीय भवन घेराउ गर्न गएका युवा विद्यार्थीलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सैनामैना ३ मुर्गियास्थित मेयर शर्माको घर घेराउ गरेका हुन्।

जेन जी पुस्ता र २८ वर्ष माथि उमेरका समेत सयौं जनाले बिहान साढे १ज्ञ बजेदेखि घर घेराउ गरेका हुन् ।

प्रदर्शनकारीले स्थानीय तहमा बढ्दो भ्रष्टाचार, करको दुरुपयोग, जनप्रतिनिधिले विभिन्न शिषर्कमा लिने मासिक सेवा सुविधाको विरोध गर्दै नाराबाजी गरेका छन्।

अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी समेत तैनाथ गरिएको स्थानीय टिका खरेलले जानकारी दिए । यसअघि प्रदर्शनकारीले सैनामैनाको विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए।

नगर प्रमुख शर्मा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेस जिल्ला उपसभापति समेत हुन्।

हिजोबाट शुरु भएको जेन जी प्रदर्शनको पहिलो दिनमै १९ जनाको ज्यान गएको र ४ सय बढी घाइते भएपछि दोस्रो दिन आन्दोलन झन् चर्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?